Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सेयर बजार परिसूचकमा ओरालो


सेयर बजार परिसूचकमा ओरालो

काठमाडौं । सेयर बजार पसिूचकमा दिन प्रतिदिन ओरालो लागेको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २१.३२ अंक घटेर २०७५ मा कायम भएको छ । कारोबार भइरहँदा सवा १ बजे परिसूचक अधिकतम २११३ अंकसम्म पुगेको थियो । कारोबार रकम पनि घटेको छ ।

हिजो कुल ५ अर्ब ८ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ४ अर्ब ५ करोडमा खुम्चियो । १७४ कम्पनीको मूल्य घट्दा ४१ को मात्रै बढ्यो भने १० को स्थिर रह्यो ।

होटल तथा पर्यटन र ब्यापारबाहेकका सबै उपसमूह घटेका छन् । जसमध्य बैंकिङ १२, विकास बैंक ३२, फाइनान्स ९, जलविद्युत् ३२, जीवन बीमा २३०, उत्पादन ६२, माइक्रोफाइनान्स ५१, निर्जीवन बीमा ८६ र अन्य १७ अंक घटे । ब्यापार १७ र होटल तथा पर्यटन उपसमूह ११४ अंक बढे ।

तीन कम्पनी बीपीडब्लु लघुवित्त, सीवाईसी लघुवित्त र सिटी होटलको मूल्य १० प्रतिशत बढ्यो । सामुदायिक लघुवित्तको ७ र पाँचथर पावरको मूल्य ६ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा हिमालयन लाइफ इन्स्योरेन्स, सोल्टी होटल, नागरिक लगानी कोष, शिवम् सिमेन्ट र एनएलजी इन्स्योरेन्स क्रमशः अगाडि रहेका छन्।