Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बैंक तथा वित्तीय संस्थाहरुमा कर्जा लगानी आक्रामक


बैंक तथा वित्तीय संस्थाहरुमा कर्जा लगानी आक्रामक

काठमाडौँ । पछिल्लो महिना बैंक तथा वित्तीय संस्थाहरु कर्जा लगानीमा आक्रामक देखिएका छन् । केन्द्रीय बैंकको रिपोर्ट अनुसार पुस महिनामा बैंकहरुले अधिकतम ८६ अर्ब कर्जा लगानी गरेका हुन् ।

२०८० मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले ६० खर्ब १९ अर्ब निक्षेप संकलन गर्दै जम्मा ४९ खर्ब ९८ अर्ब रुपैयाँ हाराहारी मात्र कर्जा लगानी गरेका थिए ।

तर, पछिल्लो महिना(३० दिनमा) बैंकहरुले कर्जा लगानी ८६ अर्बले बढाएर ५० खर्ब ८४ अर्ब लगानी गरेको केन्द्रीय बैंकको रिपोर्टले देखाएको हो । तथापि, समीक्षा अवधिमा बैंकहरुको निक्षेप संकलन भने १२ अर्ब रुपैयाँले मात्र बढ्दै ६१ खर्ब ३१ अर्ब पुगेको छ ।

योसँगै बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको निक्षेपको आकार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा ११३.९३ प्रतिशत पुगेको छ भने कर्जा विस्तारको आकार ९४.४७ प्रतिशत हाराहारी पुगेको छ । केन्द्रीय तथ्यांक कार्यालयका अनुसार हाल मुलुकको जीडीपी (उपभोक्ता मूल्यका आधारमा) ५३ खर्ब ८१ अर्ब रुपैयाँ रहेको छ ।