Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सहकारीमा ‘पोजेटिभ भाइब्रेसन’ ल्याउन विचार गोष्ठी


सहकारीमा ‘पोजेटिभ भाइब्रेसन’ ल्याउन विचार गोष्ठी

कास्कीःपोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले ‘सकारात्मक सोच र सहकारी’ विषयक एक दिने बिचार गोष्ठी यही माघ १३ गते गर्दैछ । पोखराको रोयल दिदीबहिनी किचन बुद्धचोकमा आयोजना गरिएको गोष्ठीको मुख्य उद्देश्य सहकारीमा सकारात्मक उर्जा सञ्चार गर्नु हो । गोष्ठीलाई कर्ण शाक्यले सहजिकरण गर्नेछन् ।

असम्भवलाई कसरी सम्भव बनाउने, असफलतालाई कसरी सफलतामा परिणत गर्ने र अफ्ठ्याराहरुलाई कसरी सहजतामा बदल्ने विषयमा उनको निजी र सार्वजनिक जीवनबाट धेरै सिक्न सकिने पोखरा रोयल साकोसले जनाएको छ ।

अनुभवी शाक्यले युवाहरुमा उद्यमशीलता, सृजनशीलता, कर्मशीलताका कुराहरु सुनाउँदै अभिप्रेरणा जागृत गर्ने विश्वास पोखरा रोयल साकोसले लिएको छ ।

‘पोजेटिभ भाइब्रेसनका लागि यो कार्यक्रम राखेका हौं’, संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङले भने, ‘सहकारी क्षेत्रलाई अहिले चाहिएको नै ‘पोजेटिभ भाइब्रेसन’ हो । काम त हामीले राम्रो गरिरहेका छौं तर केहीले बद्मासी गर्दाको परिणामका कारण बिस्तारै बिग्रिरहेको भाष्य सुधारका लागि यो प्रयास हो ।’ शाक्यको अनुभव र संवाद सहकारी क्षेत्रका लागि नौलो ‘टेष्ट’ हुने संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङले बताए ।

संस्था र सदस्यबीच दोहोरो चिनाजानी र नियमित सम्पर्क भएको अवस्थामा सहकारीमा समस्या नै नहुने गुरुङ बताउँछन् । ‘संस्थामा अफ्ठेरो परेको बेला ‘सरभाइभल टु रिभाइभल’ का विषयमा शाक्यको अनुभव साँच्चै सुन्न र मनन गर्न लायक छ । सहकारी क्षेत्रका लागि पनि यो सिकाइ प्रभावकारी हुने विश्वास लिएका छौं, उनले भने ।

कार्यक्रममा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति, युथ लिडरहरु तथा उच्च व्यवस्थापनसँगै स्थानीय सहकारीकर्मीहरु सहभागी हुने संस्थाका मुख्य प्रबन्धक मीलन ढकालले बताए । कार्यक्रममा करिब २ सयको सहभागिता रहने अपेक्षा गरिएको ढकाले बताए । गुगल फारममार्फत वा कार्यालयमा सम्पर्क गरी नाम सहभागिता सुनिश्चित गर्न सकिने सूचना अधिकारी समेत रहेका ढकालले बताए ।