Saturday, May 04, 2024

२०८१ बैशाख २२, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

सहकारीका बचतकर्ताको रकम राज्यले फिर्ता गर्ने होइन, भ्रममा नपरौंः रजिष्ट्रार खतिवडा [भिडिओ सहित]


सहकारीका बचतकर्ताको रकम राज्यले फिर्ता गर्ने होइन, भ्रममा नपरौंः रजिष्ट्रार खतिवडा [भिडिओ सहित]

काठमाडौैं । वागमती प्रदेशका सहकारी महाशाखाका रजिष्ट्रार राधाकृष्ण खतिवडाले सहकारीमा बचत भएको निक्षेप राज्यले नतिर्ने बताएका छन् । विजनेस दर्शनसँगको कुराकानीमा उनले अहिले सहकारीमा आर्थिक तरलता आउदा निक्षेपकर्ताको रकम फिर्ता हुन नसकेको अवस्थामा कतिपय शेयर सदस्यलाई सहकारीमा फसेको रकम सरकारले दिने भ्रम सृजना भएको भन्दै त्यसो नहुने बताए । उनले भने, अहिले सहकारीमा समस्या छ, हामी सहकारी सञ्चालक र निक्षेपकर्ताबीच पुलको काम गर्ने हो ।

निक्षेपकर्तालाई रकम फिर्ताकालागि आवश्यक छलफल गर्ने हो, बाँकी सहकारी सञ्चालक र निक्षेपकर्ताबीच छलफल र सहकार्य आवश्यक रहेको बताए । महाशाखाका रजिष्ट्रार खतिवडाले सहकारी सञ्चालक विरुद्ध प्रहरीमा उजुरी जाने र सञ्चालकहरुमाथि कानुनी प्रक्रिया अघि बढ्ने, धरपकट हुने र सम्पत्ती रोक्का हुदा निक्षेप फिर्ताको सम्भावना थप घट्ने भएकाले सहमतिको विकल्प नभएको बताए । उनले हिजो सहकारी सञ्चालन गर्दा जसरी सहकार्य भएको थियो आज सोहि अनुरुप सदस्यहरु गम्भीर हुनुपर्ने बताए ।