Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

विश्वव्यापी भोकमरी सूचीमा,नेपालमा भन्दा भारतमा धेरै भोकमरी


विश्वव्यापी भोकमरी सूचीमा,नेपालमा भन्दा भारतमा  धेरै  भोकमरी

काठमाडौं, बिहीबार ग्लोबल हंगर इन्डेक्स २०२३ को नतिजा सार्वजनिक भएको छ। यो ग्लोबल हंगर इन्डेक्सको १६औं संकरण हो। जसमा दक्षिण एसियाली मुलुकमध्ये नेपाल र श्रीलंकाको अवस्था सुधारोन्मुख देखिएको छ।सूचकांकमा भारतको अवस्था निकै कमजोर देखिएको छ। कुल १२५ देशको तथ्यांक उपलब्ध भई गरिएको अध्ययनमा नेपाल ६९ औं स्थानमा रहेको देखिएको छ।दक्षिण एसियामा नेपालभन्दा अगाडि श्रीलंका ६० औं स्थानमा छ। भारत १११ औं स्थानमा पुग्दै भोकमरीले आक्रान्त मुलुकमध्येमा परेको छ। ग्लोबल हंगर इन्डेक्स अलायन्स नामक एक समूहले तयार गर्छ।

जसमा युरोपेली गैरसरकारी संस्थाले नेतृत्व लिएका छन्। यस नतिजाका लागि कुपोषणको अवस्थाबारे गणना गरिने अध्ययनमा उल्लेख छ। जसमा जनसंख्याको कति प्रतिशत जनसंख्यामा कम क्यालोरीवाला भोजन मिल्छ भन्ने विषयलाई अध्ययन गर्ने गरिन्छ। विश्वव्यापी भोकमरी सूचकांक २०२२ मा नेपाल ८१ औं स्थानमा थियो। यसमा व्यापक सुधार गर्दै नेपाल यस वर्ष ६९ औं स्थानमा आइपुगेको हो।नेपालको अवस्था सन् २००२ मा जोखिमपूर्ण अवस्थामा थियो। जोखिमपूर्ण अवस्थाबाट निरन्तर सुधार गर्दै आएको नेपाल सन् २०१५ मा ७८ औं स्थानमा थियो।

यो सूचीमा पहिलो स्थानमा बेलारुस रहेको छ। यो सूचीमा नेपालभन्दा पछाडि दक्षिण एसियाका बंगलादेश ८१, पाकिस्तान १०२, भारत १११, अफगानिस्तान ११५ औं स्थानमा छन्। भारतीय सञ्चारमाध्यमहरुका अनुसार छिमेकी मुलुकहरु भन्दा आफ्नो स्थिति खराब देखिएसँगै यो प्रतिवेदनमाथि नै भारतले विरोध जनाएको छ।भारतले यसबारे तत्काल प्रतिक्रिया सार्वजनिक गर्दै प्रतिवेदन अमान्य भएको बताएको हो।