Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

निर्जीवन बीमा कम्पनीहरुद्वारा पुनर्बीमा कमिशन अस्वीकार, ७ दिनभित्र संशोधन गर्न माग


निर्जीवन बीमा कम्पनीहरुद्वारा पुनर्बीमा कमिशन अस्वीकार, ७ दिनभित्र संशोधन गर्न माग

५ साउन, काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघले घटाएर प्रस्ताव गरिएको पुनर्बीमा कमिशन अस्वीकार गर्दै सात दिन भित्र संशोधन गर्न माग गरेको छ ।

संघले एक विज्ञप्ति जारी गर्दै घटाइएको पुनर्बीमा कमिशन स्वीकार्य नहुने जनाएको हो ।

संघले प्रत्यक्ष हिस्सा (डाइरेक्ट सेसन)को पुनर्बीमा लिने हो भने ती दुवै पुनर्बीमा कम्पनीबाट पठाइएको प्रस्तावलाई तत्काल आर्थिक वर्ष २०७९–८० बमोजिम संशोधन गरी ७ दिनभित्र पठाउनसमेत भनेको छ । पुनर्बीमा कम्पनीहरुले निर्जीवन बीमा कम्पनीहरुले पाउँदै आइरहेको पुनर्बीमा कमिसन १४ प्रतिशतसम्म घटाएर प्रस्ताव गरेका थिए । संघले उक्त प्रस्तावलाई अस्वीकार गरेको हो ।

‘नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्सले अत्याधिक मात्रामा कमिसन घटाएर प्रस्ताव गरेका छन्, उक्त प्रस्ताव स्वीकार गर्न सकिँदैन’, विज्ञप्तिमा भनिएको छ ।

निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७९–८०मा विविध बीमा (स्वास्थ्य बीमासहित)तर्फ ३४ प्रतिशतसम्म पुनर्बीमा कमिसन पाउँदै आइरहेका थिए । तर, ती दुवै पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्ष २०८०–८१का लागि २० प्रतिशतमात्रै पुनर्बीमा कमिसन प्रस्ताव गरेका छन् ।

त्यस्तै ती दुवै पुनर्बीमा कम्पनीले घटाएर सम्पत्ति बीमामा १२.५० प्रतिशत, मोटर बीमामा १० प्रतिशत, इन्जिनियरिङ बीमामा १० प्रतिशत, विविधमा १४ प्रतिशत, समुद्री बीमामा ९ प्रतिशत, लघुबीमामा २ प्रतिशत र मोटर तेस्रो पक्ष (थर्ड पार्टी) बीमामा १२.५ प्रतिशत पुनर्बीमा कमिसनको प्रस्ताव गरेकोमा संघले बहिस्कार गरेको छ ।

विगतमा वर्षमा प्राप्त गरेको प्रत्यक्ष हिस्सामा थप जोखिम वृद्धि नभएको उल्लेख गर्दै संघले चालु आर्थिक वर्षका लागि पठाइएको पुनर्बीमा कमिसन प्रस्तावमा आपत्ति जनाएको छ ।