Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पर्यटन क्षेत्र सम्बद्ध सङ्घ संस्थाद्धारा कर र भ्याट हटाउन माग


पर्यटन क्षेत्र सम्बद्ध सङ्घ संस्थाद्धारा कर र भ्याट हटाउन माग

काठमाडौ । पर्यटन क्षेत्र सम्बद्ध सङ्घ संस्थाले सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटमा व्यवस्था गरेको कर र भ्याट हटाउन सरकारसँग माग गरेका छन् । पर्यटनसँग सम्बन्धित १५ वटा संस्थाले शुक्रबार पत्रकार सम्मेलन गर्दै पाँच तारे होटलमा लगाएको विलासिता कर, विदेश घुम्न जाने नेपालीलाई लगाएको वैदेशिक पर्यटन शुल्क र हवाई टिकटमा लगाएको मूल्य अभिवृद्धि कर खारेज गर्न माग गरेका हुन् ।

ट्रेकिङ एजेन्सिस एसोसिएसन अफ नेपाल (टान), नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), होटल एसोसिएसन नेपाल (हान), नेपाल पर्वतारोहण सङ्घ (एनएएमए), नेपाल एसोसिएसन अफ (याफ्टिङ एजेन्सिज (नारा), हिमालयन उद्धार सङ्घ नेपाल (एचआरए), नेपाल वायुसेवा सञ्चालक सङ्घलगायतका संस्थाले अहिलेको अवस्थामा बजेटमा व्यवस्था भए बमोजिम भ्याट र कर कार्यान्वयन गर्न नसक्ने बताएका छन् ।

भ्याट लगाउनै पर्ने अवस्था आएमा विज्ञ समूह र समिति गठन गरी अध्ययन गर्ने र कम्तीमा एक वर्षपछि मात्र लागु हुने गरी भ्याटलगायतका नयाँ करका दरहरू लागु गर्ने व्यवस्था गर्न व्यवसायीहरूले सरकारलाई अनुरोध गरेका छन् । त्यस्तै गरी नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष रमेश थापाले भनेः “हवाई टिकटमा लगाइएको भ्याटले विदेशी पर्यटकलाई टुर प्याकेज महँगो भएको छ ।