Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कीपु ढुकू सहकारी र बचतकर्ताबीच सहमति, एक सातामा सम्पत्ती विवरण सार्वजनिक गर्ने, दुई महिनाभित्र निक्षेप फिर्ता


कीपु ढुकू सहकारी र बचतकर्ताबीच सहमति, एक सातामा सम्पत्ती विवरण सार्वजनिक गर्ने, दुई महिनाभित्र निक्षेप फिर्ता

काठमाडौं । बचत फिर्ताको माग गर्दै कीर्तिपुर स्थीत नयाँ बजारमा रहेको कीपु ढुकू बचत तथा ऋण सहकारी संस्था समस्या देखिएको छ । बचत फिर्ताको माग गर्दै कार्यालय पुगेका शेयरसदस्य र सञ्चालक समितिबीच आज एक सहमति भएको छ । आज भएको छलफलमा सञ्चालक समितिले एक साताभित्र सम्पत्ती विवरण सार्वजनिक गर्ने सहमित भएको छ । त्यस्तै छलफलमा दुई महिनाभित्र बचत फिर्ता गर्ने सहमति पनि भएको छ । सहकारीका अध्यक्ष अशोक महर्जनलगायत सञ्चालक समिति र बचतकर्ताबीच भएको छलफलमा सो सहमति भएको हो ।