Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपाल च्याप्टरले चीनमा नेपाल प्रवर्द्धन


नेपाल च्याप्टरले चीनमा नेपाल प्रवर्द्धन

काठमाडौं । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)नेपाल च्याप्टरले चीनमा नेपाल प्रवर्द्धन गरेको छ । चीनको ‘ग्वान्झाउ इन्टरनेसनल ट्राभल फेयर’ अन्तर्गत २ डिसेम्बरमा ग्वान्झाउ र ४ डिसेम्बरमा सेन्झेनमा आयोजित प्रवर्द्धन कार्यक्रम आयोजना सम्पन्न भएको छ ।

रोड शोमा २ सय ५० भन्दा बढी आउटबाउन्ड टुर अपरेटर र मिडिया प्रतिनिधि समक्ष गन्तव्य नेपाल र आगामी २४–२६ फेब्रुअरी २०२५ सम्म नेपालको पर्यटन राजधानी–पोखरामा आयोजना हुने ‘नेपाल–इन्डिया–चाइना एक्स्पो’ बारे प्रवर्द्धन गरिएको पाटाले जनाएको छ ।

पाटा–नेपाल च्याप्टर अध्यक्ष खेम लकाई, प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडल र नाइस २०२५ का सद्भावना दूत तथा चीन बजारका विज्ञ सल्लाहकार प्रा.डा.वोल्फगाङ जर्ज अर्ल्टले नेपालको पर्यटन सम्भावना उजागर गर्दै पर्यटन विकास र प्रवर्द्धनका लागि सहकार्य र पर्यटन आदान–प्रदानका असीमित अवसरबारे जानकारी गराएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमण क्रममा चिनियाँ सरकारद्वारा ‘नेपाल पर्यटन वर्ष २०२५’ को औपचारिक घोषणा भएको थियो । यस रोड शोले नाइस कार्यक्रमलाई अपेक्षित उद्देश्य प्राप्तिका लागि महत्त्वपूर्ण कोसेढुंगाका रूपमा चिनाएको पाटाले जनाएको छ ।