Tuesday, January 13, 2026

२०८२ पुष २९, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

स्थानीय उत्पादन बजारीकरण गर्न गुल्मी उद्योग संघले महोत्सव गर्दै


स्थानीय उत्पादन बजारीकरण गर्न गुल्मी उद्योग संघले महोत्सव गर्दै

काठमाडौं, गुल्मी उद्योग संघले जिल्लाका उद्योगीलाई प्रवर्द्धन गरी उत्पादनको बजारीकरण गर्न जिल्लामा पहिलो पटक महोत्सव आयोजना गर्न लागेको छ।उपल्लो तम्घासमा दशैं तिहारको बीचमा महोत्सव हुने भएको संघका अध्यक्ष नवराज भुसालले बताए।सोमबार बुटवलमा पत्रकार सम्मेलन गरेरकात्तिक १५ गतेदेखि २५ गतेसम्म उपल्लो तम्घासको खालाका चौरमा महोत्सव सञ्चालन गरिने उनको भनाइ छ। मेलामा जिल्लामा रहेका उद्यमी र उनीहरूको उत्पादन राखिने र यसबाट कृषि, पर्यटनको क्षेत्रमा टेवा पुग्ने आयोजकले अपेक्षा गरेको छ।

महोत्सवद्वारा स्थानीय उत्पादन पनि प्रवर्द्धन गरिने भुसालले बताएका छन्। गुल्मी के हो भनेर चिन्ने अवसर सबैले प्राप्त गरून् भन्ने उद्देश्यका साथ महोत्सव गर्न लागिएको उनको भनाइ छ।महोत्सव सञ्चालन गर्न लागिएको स्थानमा तम्घासस्थान मन्दिर पनि छ। लाखौँको आस्थासँग जोडिएको यस मन्दिरको प्रचार गर्ने भन्दै रेसुंगा नगरपालिकाले शुभारम्भ गरेको अभियानलाई सहयोग पुर्‍याउने उद्देश्य राखिएको वरिष्ठ उपाध्यक्ष जनक पन्थले बताए।

पन्थ अनुसार स्थानीयका लागि स्टलमा ३० प्रतिशत छुट दिइनेछ। स्थानीय तहलाई एकरएक वटा स्टल दिइनेछ। १लाख अवलोकनकर्तासहित १ अर्बको कारोबार हुने आयोजकको अपेक्षा रहेको छ।