Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

राति ग्राहक बनेर एलओडीमा पसेको राजश्वको टोलीले बिहान छापा मा¥यो


राति ग्राहक बनेर एलओडीमा पसेको राजश्वको टोलीले बिहान छापा मा¥यो

काठमाडौं । राजश्व अनुसन्धान विभागको टोलीले काठमाडौंको ठमेलस्थित लर्ड अफ ड्रिंक्स (एलओडी) क्लबमा छापा मारेको छ । कर छली गरेको आशंकामा विभागले एलओडीमा छापा मारेको हो ।

राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले एलओडीले सरकारलाई तिर्ने गरेको करबारे बुझ्न खोजेको बताए । ‘हामीले उसको करको स्थिति हेर्न खोजेका हौं । अरू कुरा अनुसन्धानकै क्रममा छ,’ उनले भने । त्यसक्रममा केही कागजातहरू पनि नियन्त्रणमा लिएको उनले थप जानकारी दिए ।

विभागको टोली गत शुक्रबार राति एलओडी पुगेको थियो । काठमाडौं उपत्यकाकै चर्चित क्लबमा शुक्रबार र शनिबार राति भीड लाग्ने गर्छ । ग्राहक धेरै आउने गरे पनि सरकारलाई तिर्ने कर भने कम हुनसक्ने आशंका विभागलाई थियो । त्यसकै आधारमा विभागले शुक्रबार राति एउटा टोलीलाई खटाएको थियो ।स्रोतका अनुसार विभागको टोली सादा पोशाकमा ग्राहक बनेर राति २ बजे एलओडी पसेको थियो । मध्यराति धेरै ग्राहक हुने भएकाले विभागको टोली २ बजे पसेको थियो । ‘राति १२ बजेदेखि क्लब चलेर बिहान ६ बजेसम्म हुने रहेछ । त्यसैले रातिको २ बजे ग्राहक बनेर गएको थियो,’ स्रोतले भन्यो ।

टोलीले त्यहाँ आउने ग्राहकको संख्या, क्लबले ग्राहकलाई गर्ने बिल भुक्तानी लगायतका कामहरू नियालेको थियो । एलओडीले त्यहाँ खाएको बिलसमेत नदिने गरेको टोलीले पाएको थियो । अन्दाजी २३ सयभन्दा बढी ग्राहक आउने ठाउँमा बिल पनि भुक्तानी नगर्ने गरेको स्रोतले बतायो । ‘विभागको टोलीले अन्दाजी २३ सय बढी ग्राहकको संख्या गन्यो । खाएको बिल भुक्तानी पनि नगरेको पायो,’ स्रोतले भन्यो, ‘यस्ता गतिविधिहरू रातभर हेरेर मात्रै छापा मारिएको हो ।’

ग्राहक कम भइसकेपछि बिहान ५ बजे विभागको टोलीले छापा मारेको हो । त्यसपछि शनिबार मध्याह्न १२ बजेमात्रै फर्किएको थियो । विभागले त्यहाँ रहेको काउन्टरहरू पनि सिल गरेको छ । पैसा राख्ने खुत्रुकेहरू र केही अफिस पनि केही सिल गरेको स्रोतले बतायो। कसैलाई भने नियन्त्रणमा लिएको छैन ।

यसका सञ्चालकहरूलाई भने विभागले बोलाएर अनुसन्धान गरिरहेको छ । केही समयअघि पनि नाबालिगलाई क्लब भित्र छिराएको आरोपमा एलओडीका सञ्चालकहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।