काठमाडौं । सरकारले सार्वजनिक गरेको बजेटले आगामी आर्थिक वर्ष २०८०र८१ देखि हवाई टिकटमा मूल्य १३ प्रतिशत अभिवृद्धि कर (भ्याट) र विदेश भम्रणमा जाने नेपालीलाई वैदेशिक पर्यटन शुल्क असुल गर्ने भएको छ ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार, सन् २०२२ मा आन्तरिक र अन्तर्राष्ट्रियतर्फ आउने र जाने गरी १ करोड २९ ले यात्रा गरेका थिए । यो तथ्यांक अनुसार, सरकारले वार्षिक कम्तीमा १ अर्ब रुपैयाँ भन्दा बढी हवाई यात्रुबाट मूल्य अभिवृद्धि कर उठाउने छ ।
अर्थ मन्त्रालय मातहत रहने कर कार्यालयले वायुसेवा कम्पनीहरुलाई साउन १ गतेदेखि लागू हुने गरी टिकटमा मूल्य अभिवृद्धि कर लागू गर्न निर्देशन दिइसकेको छ ।