काठमाडौं । सेयर बजारको परिसूचक नेप्से १६.४ अंक बढेको छ । १० मिनेटमै फेरि बढेर २०३७ अंकमा कायम भएको हो ।
यस दिन बजारमा तीव्र उतारचढाव देखिएको छ । २०२० अंकबाट खुलेको सेयर बजार दिउँसो १ः३५ बजे २०६६ अंकसम्म पुग्यो । त्यसपछि बजारमा बिक्रीकर्ताको चाप बढ्न थाल्यो र २ः५० बजे २०१६ अंकसम्म झरेर रातो बन्यो ।
तीव्र उतारचढाव हुँदा कुल ५ अर्ब १ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । १२६ कम्पनीको मूल्य बढ्दा ९१ को घट्यो भने ६ को स्थिर रहृयो । जसमध्ये बैंकिङ १५, जलविद्युत् १२, जीवन बीमा १६४, उत्पादन ३४, माइक्रोफाइनान्स ६५ र अन्य उपसमूह ३२ अंक बढे । विकास बैंक ३६, फाइनान्स १५, होटल तथा पर्यटन ४३, निर्जीवन बीमा ६७ र ब्यापार उपसमूह २० अंक घटे ।
खप्तड लघुवित्त र सिटी होटलको मूल्य १० प्रतिशत बढ्यो । भूगोल इनर्जीको ७.५, आदर्श लघुवित्तको ७.५ र लक्ष्मी लघुवित्तको मूल्य ६.६ प्रतिशत बढ्यो । राष्ट्रिय बीमा कम्पनीको मूल्य सबैभन्दा धेरै ५.६ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, नेपाल लाइफ इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल र नेपाल टेलिकम क्रमशः अगाडि रहेका छन् ।