Monday, September 22, 2025

२०८२ आश्विन ६, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पानी र बिजुलीमा आइएमई पे ले क्यासब्याकको वर्षा अफर सार्वजनिक


पानी र बिजुलीमा आइएमई पे ले  क्यासब्याकको वर्षा अफर सार्वजनिक

काठमाडौं । आइएमई पे ले पानी र बिजुलीमा क्यास ब्याकको वर्षा अफर सार्वजनिक गरेको छ। आइएमई पे ले असार महिनामा मनसुनलाई लक्षित गर्दै सुरू गरेको आइएमई पेमा क्यास ब्याकको वर्षा नामक अभियानको यो निरन्तरता हो। यो अफर असार १७ गते देखि २३ गतेसम्म एक हप्ताका लागि लागू हुने कम्पनीको भनाइ छ।

यस अफर अन्तर्गत ग्राहकले आइएमई पे मार्फत पानीको बिल भुक्तानी गर्दा १०० रुपैयाँसम्म अर्थात् १० प्रतिशत छुट लिन सक्नेछन्। हप्तामा ग्राहकले सो क्यासब्याक पटक–पटक प्रयोग गर्न पाउने छन्। साथै ग्राहकले बिजुलीको बिल आइएमई पे मार्फत भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा छुट दिने भएको छ। सो क्यासब्याक एवम् छुट ग्राहकलाई आफ्नो घरायसी बिलहरू विद्युतीय मध्यममार्फत तिर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ प्रदान गरिएको हो।