Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मधेश प्रदेशमा १० महिनामा कुल बजेटको करिब १९ प्रतिशत मात्र खर्च


मधेश प्रदेशमा १० महिनामा कुल बजेटको करिब १९ प्रतिशत मात्र खर्च

जनकपुरधाम । मधेश प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा १८.८ प्रतिशतमात्र खर्च भएको छ।

मधेश प्रदेश लेखा नियन्त्रकको कार्यालय जनकपुरधामले मधेश प्रदेश सरकारको कूल बजेट ४४ अर्ब ११ करोड ४० लाख ३२ हजार रुपैयाँमध्ये उक्त अवधिमा १८.८ प्रतिशतमात्र खर्च भएको जनाएको हो। सो अवधिमा चालु खर्च तर्फ २४.६४ प्रतिशत अर्थात चार अर्ब ४६ करोड ७४ लाख ६८ हजार रुपैयाँ तथा पुँजीगत तर्फ १४.४४ प्रतिशत अर्थात् तीन अर्ब ६९ करोड २१ लाख ८० हजार रुपैयाँ बजेट खर्च भएको कार्यालयका लेखा अधिकृत मनोज झाले जानकरी दिए।

मधेश प्रदेशको वर्तमान सरकारमा सम्बन्धित मन्त्रालयमा मन्त्रीको हेरफेर, सचिवलगायत कर्मचारीको अभाव, निमित्तको भरमा मन्त्रालय सञ्चालन हुनु, योजना र बजेट बाँडफाँडलगायत समस्याले लक्ष्यअनुसार विनियोजित बजेट खर्च नभएको उनले बताए।

चालु आर्थिक वर्षको पूर्ण बजेटमध्ये चालु तर्फ १८ अर्ब ५४ करोड ५८ लाख तथा पुँजीगत तर्फ २५ अर्ब ५७ करोड ७५ लाख ७४ हजार गरि कुल ४४ अर्ब ११ करोड ४० लाख ३२ हजार बजेट रहेको सो कार्यालयले जनाएको छ। गत आर्थिक वर्षमा कूल बजेटको ६१ प्रतिशतमात्र खर्च भएको थियो।

आर्थिक वर्ष सकिन एक महिनामात्र बाँकी रहेकाले यही अवस्थामा योपटक ५० प्रतिशतसमेत बजेट कार्यावन्यन हुन चुनौती रहेको जानकारहरूको भनाइ छ।