काठमाडौँ । शनिवार राजधानीमा सम्पन्न सहकारी क्षेत्रको छाता सङ्गठन राष्ट्रिय सहकारी महासङ्घको निर्वाचनले नेकपा एमालेका नेतृ समेत रहेकी ओमदेवी मल्लको नेतृत्वमा महासङ्घको नयाँ सञ्चालक समिति चयन गरेको छ । महासङ्घको ३१ औं साधारण सभाले राजनीतिक पार्टी निकट सहकारी अभियन्ताहरूलाई समेटेर सहमति वा प्रतिस्पर्धा कुनै पनि प्रणालीबाट नयाँ नेतृत्व छान्न नसकेपछि एउटा अमुक पार्टीको सङ्गठनको रूपमा रूपान्तरण बन्न पुगेको हो ।
३ जना लेखा सुपरिवेक्षण समिति र २५ जना सञ्चालक समिति सहित महासङ्घको कूल २८ जना केन्द्रीय सञ्चालक समिति सदस्य नै एमाले निकट सहकारी अभियन्ताहरू आएका छन् । अध्यक्षमा ओमदेवी मल्ल, वरिष्ठ उपाध्यक्षमा रमेशप्रसाद पोखरेल, उपाध्यक्षहरूमा खेमबहादुर पाठक, डीबी बस्नेत र इन्दिरा पन्त सर्वसम्मत भएका छन् । यस अघिसम्म महासंघमा १ वरिष्ठ उपाध्यक्ष र २ उपाध्यसहित ३ जना उपाध्यक्ष रहने व्यवस्था भए पनि ३१ औँ साधारणसभामार्फत विधान संशोधन गर्दै ३ जना उपाध्यक्ष रहने व्यवस्था गरेको हो ।
यसैगरी महासङ्घको सञ्चालकहरूमा टेकप्रसाद चौंलागाई, हुमाकुमारी जिसी (अन्जु), बद्रीप्रसाद लम्साल, काशीचन्द्र बराल, परितोष पौड्याल, हरिहरनाथ योगी, माधवप्रसाद जोशी, शम्भुप्रसाद, छत्रप्रसाद रिमाल, पार्वती न्यौपाने, टिका न्यौपाने, नथुनी यादव, प्रेमप्रसाद सुवेदी जैसी, सुमन नेपाल, होमनाथ जैसी, एकता शाह, योगमाया सुवेदी, शारदा दाहाल, कमला कुमारी र सुवेदी पौडेल चयन भएका छन् ।
महासङ्घको तीन सदस्य लेखा सुपरिवेक्षण समितिअन्तर्गत संयोजकमा भीम तुलाचनसहित सदस्यहरूमा अमरनाथ न्यौपाने र हेमकुमारी अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।