Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

लघुवित्त संस्थाहरुको सेवा सम्बन्धी गुनासो दर्ता गर्न राष्ट्र बैंकको छुट्टै डेस्क


लघुवित्त संस्थाहरुको सेवा सम्बन्धी गुनासो दर्ता गर्न राष्ट्र बैंकको छुट्टै डेस्क

काठमाडौं, १८ असार । लघुवित्त वित्तीय संस्थाहरुको सेवा सम्बन्धी गुनासो दर्ता गर्न नेपाल राष्ट्र बैंकले छुट्टै डेस्क स्थापना गरेको छ । घ वर्गको सम्बन्धन प्राप्त लघुवित्त वित्तीय संस्थासँग बचत तथा कर्जा कारोबार गरिरहेका सदस्यहरुको गुनासो सम्बोधनका लागि छुट्टै डेस्क स्थापना गरिएको राष्ट्र बैंकले जनाएको छ । लघुवित्त वित्तीय संस्थासम्बन्धी गुनासो भएमा सेवाग्राहीले टोलफ्री नम्वर १८१०५००००२२ मार्फत जानकारी गराउन सक्नेछन् । पछिल्लो समय लघुवित्त वित्तीय संस्थाविरुद्ध ऋणीहरुले विभिन्न ठाउँमा कार्य अवरोध गर्ने, कर्मचारीलाई धम्क्याउनेजस्ता समस्या देखिएका छन् । सर्वसाधारणका जायज समस्या सम्बोधन गर्ने उद्देश्यले उनीहरुको गुनासो टिपोट गर्न छुट्टै डेस्क स्थापना भएको राष्ट्र बैंकले जनाएको छ ।