Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेप्से २६.६६ अंकले गिरावट, कारोबार रकम भने बढ्यो!


नेप्से २६.६६ अंकले गिरावट, कारोबार रकम भने बढ्यो!

काठमाडौं । नेप्से बजारमा आज २६.६६ अंकको गिरावट भएको छ ।
सोमबार २६.६६ अङ्कले घटेर १.१९% गिरावट भई नेप्से परिसूचक २२००.५० अङ्कमा बन्द भएको छ ।

२६५ कम्पनीको २०,९७९,८८७ कित्ता सेयरको खरिदबिक्री हुँदा ४ अर्ब ७३ करोड ७६ लाख बराबरको कारोबार भएको छ । कारोबार भएका २६५ कम्पनीमध्ये ५० कम्पनी उकालो लागेका छन् भने १६३ कम्पनी ओरालो लागेका छन् र ६ कम्पनी स्थिर रहेका छन् । कारोबार भएका उप–समुहहरुमध्ये ११ समूहको सेयर मूल्य ओरालो लागेको छ ।

आज नेप्से बजारको टप गेनरमा किसान लघुवित्त वित्तिय संस्था लिमिटेड रहेको छ जसको १० % मूल्य बढेर कारोबार भएको छ । सबैभन्दा धेरै गुमाउनेमा एनआइबिएल ग्रोथ फण्ड रहेको छ, जसको सेयर मूल्य ६.९३ % ले घटेको छ । र, सबैभन्दा धेरै टर्नओभरमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र भोल्यूममा सनराइज फर्स्ट म्युचुअल फण्डको कारोबार भएको छ ।