Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पुँजी बजार र बीमा क्षेत्रको सुधारका लागि गम्भीर गृहकार्यमा गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता


पुँजी बजार र बीमा क्षेत्रको सुधारका लागि गम्भीर गृहकार्यमा गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पुँजी बजार र बीमा क्षेत्रको सुधारका लागि गम्भीर गृहकार्यमा रहेको बताएका छन् । मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पुँजी बजार र बीमा क्षेत्रमा मात्रात्मक सुधार भएपनि अपेक्षित सुधार हुन नसक्दा चिन्तित रहेको उल्लेख गरे ।

उनले यसको सुधारका लागि गम्भीर गृहकार्यमा रहेको जानकारी दिए । उनले व्यापार घाटामा पनि कमी आएको दाबी गरे । यस वर्ष उपभोक्ता मुल्य वृद्धिदर गत वर्ष भन्दा २.७ प्रतिशतले कम भएको छ । यो उपलब्धी हो ।

तर यसमा सन्तुष्ट भएर राष्ट्र बन्दैन । उपभोक्ता मूल्य वृद्धिदरलाई आम जनताले महसुस गर्नेगरी कम गर्न सरकारी नीति र प्रशासनिक क्षमताको सुधार अब हाम्रो प्राथमिकतामा छ उनले भने ।

बैंक तथा वित्तीय क्षेत्र र मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैंकहरुको आधार ब्याजदर एकल अंकमा पुगेको छ भने ऋणको ब्याजदर छ । यसबाट उत्पादन लागत घटेर उपभोक्ता मूल्यमा समेत सकारात्मक प्रभाव पर्ने निश्चित छु उनले भने । प्रधानमन्त्री दाहालले सबै आर्थिक र कूटनीतिक नियोगहरुलाई लगानी र पर्यटनमा परिणाममुखी परिचालनका लागि आह्वान गरे ।