Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

४ लाख ३४ हजार विद्यार्थीको दिवा खाजाको बजेट रोकियो


४ लाख ३४ हजार विद्यार्थीको दिवा खाजाको बजेट रोकियो

काठमाडौं, २६ असार । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको दिवा खाजाको बजेट नदिएपछि साउन १ देखि देशभरका कक्षा ६ सम्मका विद्यार्थीलाई विद्यालयमा खाजा खुवाउने कार्यक्रम अन्योलमा परेको छ । राष्ट्रपतिले नीति तथा कार्यक्रम र अर्थमन्त्रीले बजेटमा घोषणा गरेअनुसार बजेट विनियोजन नहुँदा ४ लाख ३३ हजार ९ सय ५९ जनाभन्दा बढी विद्यार्थी दिवा खाजाबाट वञ्चित हुने भएका हुन । आर्थिक वर्ष २०७९|०८० देखि सरकारले दिवा खाजा कार्यक्रम कक्षा ६ सम्म विस्तार गर्ने घोषणा गरेको थियो तर स्थानीय तहमा बजेट पठाउँदा कक्षा ५ सम्मका ३० लाख ३६ हजार विद्यार्थीलाई मात्र पुग्ने रकम विनियोजन गरिएको हो । १ अर्ब १५ करोड रकम दिवा खाजाका लागि अपुग रहेको शिक्षा मन्त्रालयले जनाएको छ । गत वर्षकै रकम अपुग भएपछि साउन १ देखि सुरु हुने आर्थिक वर्षमा कक्षा ६ का विद्यार्थीलाई खाजा दिने वा नदिने द्विविधामा विद्यालयहरू छन् ।