काठमाडौं । राजस्व अनुसन्धान विभागले एउटै फर्मविरुद्ध राजस्व छलीको २१ करोडको मुद्दा दायर गरेको छ । अनुसन्धान विभागले राजस्व कार्यालय इटहरीमार्फत आइतबार जनकपुर राजविराजमा श्याम बस्त्रालयविरुद्ध मुद्दा दायर गरेको हो ।
विभागका सूचना अधिकारी नवराज अधिकारीले भारतसँग जोडिएको विभिन्न नाकाबाट ल्याएका करोडौं मूल्यका कपडा बिल नै नकाटी बिक्री गरेको अभियोगमा बस्त्रालयका प्रोपाइटर श्यामप्रसाद गुप्ताविरुद्ध मुद्दा जाहेर गरिएको बताए ।
मुद्दामा बिगो १० करोड ६८ लाख ५५ हजार तथा सतप्रतिशत जरिवानासमेत २१ करोड ३७ लाख ११ हजार असुल उपरगरी जेल सजायसमेत हुनुपर्ने माग गरिएको छ ।