काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर कारोबार मापक नेप्से परिसूचक ३२ अंकले बढेको छ । बिहीबार १।२६ प्रतिशतले बढेको सेयर बजार २५६८.११ बिन्दुमा सीमित भएको हो । कुल ३५ करोड ५९४ लाख ८६८ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार रुपैयाँ कारोबार भएको छ । माइक्रोफाइनान्स, निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन, जीवन बिमा उपसमूह बढ्यो भने विकास बैंक, जलविद्युत्, इन्भेस्टमेन्ट उपसमूह घट्यो । सबैभन्दा बढी निर्जीवन बिमा ३६९.७८, माइक्रोफाइनान्स उपसमूह ३५६.२३ र जीवन बिमा ८६.३६ अंकले बढ्यो ।
कुल १४३ कम्पनीको सेयर मूल्य बढ्यो भने, ९६ कम्पनीको मूल्य घट्यो । ३ वटा कम्पनीको सेयर मूल्य स्थिर रहृयो । उपकार लघुवित्त वित्तीय संस्था, जीवन विकास लघुवित्त वित्तीय संस्था, एसियन हाइड्रोपावर, गणपति लघुवित्त वित्तीय संस्था र राष्ट्रि बिमा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो ।
मितेरी विकास बैंक, मान्डु हाइड्रोपावरको सेयर मूल्य क्रमश ७.६५ प्रतिशत र ४.६८ प्रतिशतले घट्यो ।कारोबार रकमको आधारमा सानिमा जीआइसी इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट, फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था अघि रहे । सानिमा जीआइसी इन्स्योरेन्सको ३४ करोड १७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो ।