Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मधेश प्रदेश सभामा अर्थमन्त्रीले आर्थिक हिनामिना गरेको आरोप, बैठक बस्दै[भिडिओ सहित]


मधेश प्रदेश सभामा अर्थमन्त्रीले आर्थिक हिनामिना गरेको आरोप, बैठक बस्दै[भिडिओ सहित]

काठमाडौं, २४ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अबरोधकारण स्थगित भएको मधेश प्रदेशसभा बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा सरकारले ल्याएको बजेटमाथि छलफल हुने कार्यसूची रहेको छ । शनिवार बसेको बैठकमा अर्थमन्त्रीले रकम हिनामिना गरेको भन्दै आर्थिक वर्षको अन्तिम समयमा रकमान्तर भएको विषयमा सरकारको जवाफ नआएसम्म बैठक चल्न नदिने अडान लिएर एमाले सांसदहरुले बैठक स्थगित गरेका थिए ।

मधेश प्रदेशका अर्थमन्त्री संजय यादवले बजेट रकमान्तर गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै एमालेका प्रदेश सांसदहरुले शनिबार दिउँसो ३ बजे बसेको प्रदेशसभा बैठक अवरुद्ध गरेका थिए । प्रदेशसभा बैठक बस्न साथ एमालेका प्रदेश सांसद लखन दासले स्थानीय तहमा पठाएको ससर्त अनुदान र आर्थिक वर्षको अन्तिममा विभिन्न मन्त्रालयबाट बजेट रकमान्तरबारे सरकारको जवाफ मागेका थिए ।

प्रदेशसभामा मुख्यमन्त्रीले जवाफ नदिएसम्म प्रदेशसभाको बैठक चल्न नदिने सांसद दासले बताएपछि बैठक अवरुद्ध भएको थियो । एमालेका प्रदेश सांसद दिपेन्द्र ठाकुरले आर्थिक मसान्तको अन्तिम समयमा बजेट रकमान्तर गरी अर्थमन्त्री र सरकारले नीतिगत भ्रष्टाचार गरेको आरोप लगाए । एमालेको सांसदहरु मुख्यमन्त्रीले जवाफ दिनु पर्ने अडान राख्दै उभिएपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेर छलफल गराएर साँझ ५ बजे बैठक बस्ने तय भएको थियो । तर, सहमति हुन नसकेपछि आज बस्न लागेको हो ।