Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बारामा १५७ किलो गाँजासहित ७ जना पक्राउ


बारामा १५७ किलो गाँजासहित ७ जना पक्राउ

बारा । १५७ किलो अवैध लागु औषध गाँजासहित बारा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।
आइतबार साँझ जीतपुरसिमरा वडा नं २२ स्थित अमलेखगंजको जंगलबाट गाँजासहित प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

गाँजा ओसारपसार भईरहेको सूचना पाएपछि प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीको नेतृत्वमा पुगेको प्रहरी टोलीले तीन नेपाली र चार भारतीय नागरिकलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ परेका व्यक्तिलाई सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका १ का ३९ वर्षीय रोशन नेगी, भिमफेदी गाउँपालिका ९ का ३० वर्षीय मुकेश लामा, जीतपुरसिमरा उपमहानगरपालिका २२ का ३३ वर्षीय बुद्ध पाख्रिन, भारत मोतिहारीका २३ वर्षीय जमालुद्धिन खान, १८ वर्षीय देव कुमार , ३५ वर्षिय जागिरद्धिन मियाँ, भारत बहराईजका २६ वर्षीय अहमद भाट रहेका छन् । उनीहरुको साथबाट बा ११ च ४९९२ नम्बरको स्कोरपियोसहित एक थान भारतीय नम्बर प्लेटलको पिकअप र एक थान भारतीय नम्बरको मोटरसाईकल बरामद गरेको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जनाएका छन् ।

प्रहरी उपरीक्षक बोगटीका अनुसार हेटौडा उपमहानगरपालिका १ का नेगीले नेपाली नम्बर प्लेटको स्कोरपियो गाडीमा ६ बोरा गाँजा राखेर अमलेखगंजस्थित जंगलमा ल्याएको सूचना पाएपछि प्रहरी घटनास्थलमा खटिएको थियो । जंगलभित्रबाटै अर्को पिकअप गाडीमा राखेर लैजाने योजनासहित नेगीले हेटौडाबाट गाँजा ल्याएको प्रहरी उपरीक्षक बोगटीले बताए । पक्राउ परेका व्यक्तिमाथी लागूऔषध मुद्धामा कारवाही गरिने समेत बोगटीले जानकारी दिए ।