काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा दिएका छन् । थानीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७८ को फागुनमा निगमको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । थानीले एक वर्ष तीन महिना कार्यकाल बाँकी छँदै कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका छन् ।
उनले मंगलबार अपराह्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई भेटेर राजीनामा बुझाएका छन् । घाटामा रहेको निगमलाई हालै नाफाको अवस्थामा पुर्याएका थानी अब सक्रिय राजनीतिमा आउने तयारीमा रहेको निकटस्थहरु बताउँछन् । उनी कांग्रेस निकट इन्जिनियरहरुको संगठन सिडेनको अध्यक्षसमेत भइसकेका नेता हुन् ।