Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

होटल व्यवसायलाई उद्योगसरह सुविधा प्रदान गर्न महासंघद्धारा सरकारलाई आग्रह


होटल व्यवसायलाई उद्योगसरह सुविधा प्रदान गर्न महासंघद्धारा सरकारलाई आग्रह

काठमाडौं । होटल व्यवसायलाई उद्योगसरह सुविधा प्रदान गर्न नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई आग्रह गरेको  छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई एक पत्र पठाउँदै महासंघले ठूलो पुँजी लगानी भएको, ठूलो रकममा विदेशी मुद्रा भित्र्याउन सफल भई कुल गार्हस्थ्य उत्पादनमा समेत टेवा पु¥याएको होटललाई उत्पादनमूलक उद्योगसरहको सुविधा दिन माग गरेको हो ।

‘दिगो पर्यटन र हरित पर्यटन सम्बन्धमा विशेष योगदान पु¥याउनको लागि यस क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने हुनाले यस क्षेत्रलाई विद्युत्मा सहुलियत दर, करमा विशेष छुट, विद्युत् खपत नियमावलीमा समेत होटल क्षेत्रलाई विशेष विद्युत् महशुल कायम गराई उद्योगसरह सुविधा उपलब्ध गराइदिन अनुरोध गर्दछौं’ महासंघले पठाएको पत्रमा उल्लेख छ ।

ऐनमा व्यवस्था भएअनुसार कुल बिक्रीको ५ प्रतिशतभन्दा बढी रोयल्टी शुल्क हुन नपाउने व्यवस्थाका कारण विदेशी लगानी नेपाल भित्रिन नसकेको महासंघको दाबी छ । यसलाई सहज बनाइदिन पनि महासंघले सरकारलाई आग्रह गरेको छ ।