Sunday, September 21, 2025

२०८२ आश्विन ५, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बढ्यो अण्डाको मूल्य


बढ्यो अण्डाको मूल्य

काठमाडौं । बजारमा अण्डाको मूल्य बढेको छ। मागअनुसार उत्पादन नहुँदा अण्डाको मूल्य बढ्न थालेको हो।

शनिबारदेखि लागू हुने गरी अण्डाको मूल्य प्रतिक्रेट ३० देखि ४० रूपैयाँ बढाइएको नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोख पोखरेलले जानकारी दिए।

बजारमा मध्यम, ठूलो र एक्सल गरी तीन आकारका अण्डा आउँछन्। अहिले मध्यम अण्डाको मूल्य प्रतिक्रेट चार सय ४०, ठूलो चार सय ५५ र एक्सल अण्डा चार सय ७० रूपैयाँ छ।

यस अघि मध्यम अण्डा प्रतिक्रेट चार सय, ठूलो चार सय २५ र एक्सल चार सय ४० रूपैयाँ थियो।

यो किसानले पाउने मूल्य हो। उपभोक्ता मूल्य भने प्रतिगोटा २० रूपैयाँ रहेको छ।