Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

विकासका लागि वैदेशिक लगानीको वातावरण बनाउन सरकार तयारः उपप्रधानमन्त्री खड्का


विकासका लागि वैदेशिक लगानीको वातावरण बनाउन सरकार तयारः उपप्रधानमन्त्री खड्का

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपालमा वैदेशिक लगानीको वातावरण बढाउन सरकार प्रयन्तरत रहेको बताएका छन् । नेपालका छिमेकीको उन्नतिलाई नेपालको विकास र त्यहाँको जनसंख्यालाई नेपालको उत्पादनको बजार बनाउनका लागि सरकारले प्रयत्न गरिरहेको उनको भनाइ थियो । अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि पनि सरकारले काम गरिरहेको पनि उपप्रधानमन्त्री खड्काको भनाइ थियो ।

कांग्रेस उपसभापतिसमेत रहेका उपप्रधानमन्त्री खड्काले शनिबार उद्योग वाणिज्य संघ, सुर्खेतले आयोजना गरेको कार्यक्रममा सबै नेपालीको प्रतिनिधित्व गरी संविधान निर्माण गरिएको र त्यसको कार्यान्वयन गर्नुपर्ने पनि बताए । मुलुकको चालु आर्थिक वर्षको अर्थ नीति र मौद्रिक नीतिबीच समानता नरहेको भन्ने उद्योगीको गुनासो आएको भन्दै त्यसको समाधानका लागि सम्बन्धित निकायले काम गरिरहेको पनि खड्काको भनाइ थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको संयुक्त राष्ट्रसंघ, भारत र चीन भ्रमणमा नेपालमा कसरी वैदेशिक लगानी बढाउन सकिन्छ भन्नेमा पनि केन्द्रित रहेको उपप्रधानमन्त्री खड्काको भनाइ थियो । दाहालको चीन र भारत भ्रमणमा नेपालको विद्युत निर्यातको विषयमा सहमति भएको र त्यसले जलस्रोतमा लगानी गर्नेहरू आकर्षित बनेको खड्काले बताए । खड्काले विकासका सम्भावना र प्राथमिकताका क्षेत्र के हुन् भन्ने यकिन गरेर अघि बढ्नुपर्ने पनि बताए । उनले विकाससँग जोडिएका संघीय ऐनहरू निर्माण गर्ने काममा सरकार लागेको पनि बताए ।