Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

भारतमा क्रिप्टोकरेन्सी कारोबारमा करोडौँ ठगी, ८ हजार बढी मानिस मारमा


भारतमा क्रिप्टोकरेन्सी कारोबारमा करोडौँ ठगी, ८ हजार बढी मानिस मारमा

काठमाडौ । भारतको तमिलनाडुमा क्रिप्टोकरेन्सीको नाममा ठूलो ठगी धन्दाको हजारौं मानिस अहिले मारमा परेका छन् ।
तन्जावुर जिल्लाको कुम्भकोनममा क्रिप्टोकरेन्सीमा लगानी गरेका करिब ८ हजार व्यक्तिसँग १०० करोड रुपैयाँ ठगी भएको घटना सार्वजनिक भएको हो ।

यो धन्दा चलाएर ५ जना ठगी गर्ने गिरोहहरु फरार भएका छन् । त्यहाँको एक पीडितका अनुसार उनकै साथीबाट यस कारोबारमा संलग्न रहेको बताए । २ वर्षअघि घर आएका थिए । जसले क्रिप्टोकरेन्सीमा १ लाख रुपैयाँ लगानी गरेमा मासिक १५ हजार रुपैयाँ दिने वाचा गरेका थिए । उनले साथीको सल्लाहमा २ लाख रुपैयाँ लगानी गरे र आफूले भनेजस्तै पहिलो महिनामा ३० हजार रुपैयाँ पाए । यो ३० हजार रुपैयाँ उनलाई क्रिप्टोकरेन्सीमार्फत मात्र दिइएको हो । यो क्रम १० महिनासम्म चलेको र विस्तारै मानिसहरु जोडिन थालेको उनले बताए । यसबाहेक उनले नयाँ व्यक्ति थप्न प्रोत्साहन रकम पनि पाएका थिए । त्यसै प्रलोभनमा उनले सयौँ मानिसलाई आफूसँग जोड्ने काम गरेको एजेन्सीमा उल्लेख छ ।

यस घोटालाको सिकार ९८ प्रतिशत मुस्लिम महिला छन् । जसले आफ्नो बचत क्रिप्टोकरेन्सीमा लगानी गरिरहेका थिए ।
यो घटनामा धेरै जिल्लाका करिब ७–८ हजार मानिससँग १०० करोड भन्दा बढी रुपैयाँ ठगी भएको अनुमान गरीएको छ ।