Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

प्रहरी नै चोर बनेपछि.....!


प्रहरी नै चोर बनेपछि.....!

एजेन्सी । भारतको मध्यप्रदेशको अलिराजपुर जिल्लामा एक आदिवासी परिवारबाट प्रहरीले २४० सुनको सिक्का लुटेको छ ।
सिक्काको मूल्य दुई करोडभन्दा बढी रहेको अनुमान गरिएको छ ।

सो लुटपाटपछि उनीहरु प्रहरी चौकी फर्केर अवैध रूपमा मदिरा बिक्री गर्नेलाई पक्रन गएको तर कोही पनि नभेटिएको प्रतिवेदन बनाएका थिए । यस घटनाको खुलासा भए पछि हाल फरार रहेका ५ प्रहरीलाई निलम्बन गरिएको छ ।

बेजडा गाउँको रमकुबाई भयडिना गुजरातमा मजदुरी गर्न जाँदा एउटा बिल्डिङमा उत्खनन् काम गर्दै गर्दाखेरी उनले सुनको २४० वटा सिक्का फेला पारेकी थिइन् । त्यो सिक्का उनले कसैलाई नभनी चुपचापसँग आफ्नो घरमा ल्याएर जमिनमा गाडेकी थिइन्, तर यो खबर उनको गाँउमा एक कान दुई कान मैदान भएर फैलियो । प्रहरीले यसबारेमा आफ्नो गुप्तचारबाट जानकारी लिएको थियो । गुप्तचरवाट जानकारी प्राप्त भए लगत्तै प्रहरी गत जुलाई १९ गते त्यहाँ पुगेर ति आदिबासीको घरवाट सबै सिक्का लिएर फरार भएका थिए जबकि नियमअनुसार ती सिक्का सरकारी कोषमा जम्मा गर्नुपर्ने थियो । तर, प्रहरीले सरकारी कोषमा जम्मा नगरी एक–आपसमा बाँडेका थिए । सरकारी कोषमा जम्मा नगरेको तथा आदिबासी समुहलाई क्षतिपुर्तिसमेत नदिएको समाचार बाहिरिएपछि ती ५ अभियुक्तलाई निलम्बन गरी अनुसन्धान सुरु गरिएको भारतीय मिडियाले जनाएका छन् ।

रिपोर्ट अनुसार ति एक सिक्का ५० ग्रामसम्मको छ । ति सिक्काहरुको मूल्य मात्र दुई करोडभन्दा बढी पर्ने अनुमान लगाईएको छ ।