Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

हिमालयन रि इन्स्योरेन्सको आईपीओ रोक्न लेखाको निर्देशन


हिमालयन रि इन्स्योरेन्सको आईपीओ रोक्न लेखाको निर्देशन

काठमाडौं । सार्वजनिक लेखा समितिले प्रिमियममा शेयर जारी गर्न लागेको हिमालयन रि इन्स्योरेन्सको आईपीओ निष्काशनमा रोक लगाएको छ । आर्थिक चलखेल गरेको भन्दै उजुरी परेपछि समितिले धितोपत्र बोर्डसँग तत्कालका लागि रोक लगाएको हो ।

कम्पनीलाई प्रिमियम मूल्यमा निष्काशन स्वीकृति दिएका आईपीओको सबै फाइल झिकाउन निर्देशन दिनुका साथै तत्काल कुनै पनि आईपीओ प्रिमियम मूल्यमा जारी नगर्न निर्देशन दिएको समितिका सभापति ऋषिकेश पोखरेलले बताए । एक हप्ताभित्र पत्रको जवाफसहित उपस्थित हुन बोर्डलाई समितिको निर्देशन छ ।

के को आधारमा प्रिमियम मूल्यमा आईपीओ जारी गर्न दिइयो यस विषय जवाफ दिन बोर्ड अध्यक्ष रमेश हमाल सहित बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालसँग जवाफ माग गरेको पोखरेलले बताए । हिमालयन रिले चुक्ता पुँजीको ३ करोड कित्ता शेयर सर्वसाधारणलाई जारी गर्दैछ ।

जसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका कामदारलाई यही कात्तिक २१ गतेबाट बिक्रीमा ल्याउने भएको हो । तर समितिको निर्देशपछि कम्पनीको आईपीओ केहि पछि धकेलिन सक्ने बुझिएको छ ।