Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अर्थतन्त्र सुधारका लागि प्रमुख राजनीतिक दल सकारात्मक हुनुपर्छः प्रधानमन्त्री दाहाल[भिडिओ सहित]


अर्थतन्त्र सुधारका लागि प्रमुख राजनीतिक दल सकारात्मक हुनुपर्छः प्रधानमन्त्री दाहाल[भिडिओ सहित]

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देशको अर्थतन्त्र सुधारकालागि प्रमुख राजनीतिक दल सकारात्मक र गम्भीर हुनुपर्ने बताएका छन् । उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा प्रधानमन्त्री दाहालले आफूुले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दै गर्दा श्रीलंका भइहाल्ने भन्दै केहि राजनीतिक दलहरुले गरेको विश्लेषण सहि नभएको बताए ।

देशमा आर्थिक संकट रहेको भन्दै उनले त्यसको समाधान गर्न नीजि क्षेत्र, राजनीतिक दल तथा आम नागरिक आ–आफ्नो क्षेत्रबाट सकारात्मक हुनुपर्ने बताए । प्रधानमन्त्री दाहालले अर्थतन्त्रको समस्या समाधान गर्न उच्चस्तरीय संयन्त्र बनाउन सरकार तयार रहेको पनि जीकिर गरेका छन् । उनले भने, ‘अर्थतन्त्रको समस्या समाधान गर्न उच्चस्तरीय संयन्त्र बनाउन म सहमत छु । हामी सरकामा पनि सल्लाह गर्छाैं, अर्थतन्त्रको समस्या समाधान गर्न निजी क्षेत्र, सरकार, विज्ञ, अर्थमन्त्रालय, राष्ट्र बैंक, प्रधानमन्त्री कार्यालयबाट सहभागी हुनेगरी यस्तो संयन्त्रको खाँचो छ ।’

प्रधानमन्त्री दाहालले अर्थतन्त्रको सुधारका लागि मेजर अप्रेसन गर्नुपर्ने आवश्यकता रहेको पनि बताए । सरकारले आगामी वर्षको नीति निर्माणमा छलफल सुरु गरेको र निजी क्षेत्रले सुरु गरेको बहसले थप मद्दत मिल्ने बताउँदै प्रधानमन्त्री भने, ‘टालटुले तरिकाले अर्थतन्त्रको सुधार हुँदैन । रेडिकल र बोल्ड निर्णय गर्नुपर्नेछ, वित्तीय र मौद्रिक नीतिमा तालमेल गर्न सरकारले केही न केही सुधार गरेको छ । तर, मूल सुधार भने हुन बाँकी छ ।’