Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चन्द्रागिरि नगरपालिकामा फुटपाथ व्यवसाय गर्न रोक


चन्द्रागिरि नगरपालिकामा फुटपाथ व्यवसाय गर्न रोक

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाले फुटपाथमा व्यवसाय गर्न रोक लगाएको छ । नगरपालिकाले मंगलबार सूचना निकाल्दै फुटपाथमा व्यवसाय नगर्न भनेको हो । नगरपालिकाले अनधिकृत पार्किङ हटाउन समेत भनेको हो ।

प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले जारी गरेको सूचनामा सार्वजनिक सडकमा हुने अनधिकृत प्रयोगलाई रोक्न फुटपाथ÷ठेलागाडा पसल र अनधिकृत पार्किङ यथाशिघ्र हटाउन भनेको छ ।

फुटपाथमा गरिने व्यवसाय र अनधिकृत पार्किङले सर्वसाधारण नागरिकलाई सडकमा आवतजावत गर्न असुविधा भएको, सडक दुर्घटनाको जोखिम बढ्नुका साथै सहरी सौन्दर्यतामा समेत असर परेको नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ ।


नगरपालिकाले सूचनाको अवज्ञा गरेमा नगर प्रहरी परिचालन गरी कारबाही गर्ने जनाएको छ । चन्द्रागिरिले ४ माघदेखि २४ जना नगर प्रहरी परिचालन गरेको छ । नगर प्रहरीले सहरी व्यवस्थापन लगायतको काम गर्न सुरु गरेको नगरपालिकाको भनाइ छ । नगरपालिकाका मेयर घनश्याम गिरीले सहरी सौन्दर्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । ‘हामीले आफ्नै स्रोतबाट नगर प्रहरी राखेका छौं, अब सहरी क्षेत्र व्यवस्थित बनाउन सुरु गर्छौं । बिस्तारै चन्द्रागिरिमा परिवर्तन देखिन थाल्छ,’ गिरीले भने ।