Monday, June 09, 2025

२०८२ जेष्ठ २७, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

शेयर बजार आज दोहोरो अङ्कले बढ्यो


शेयर बजार आज दोहोरो अङ्कले बढ्यो

काठमाडौं । लगातार चार कारोबार दिन घटेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव १९ अङ्कले बढेर २ हजार ६ सय ५३ दशमलव ०९ विन्दुमा पुगेको छ ।

आज होटल र जीवन बीमा समूहकाे शेयर सामान्य घट्दा अरू समूहकाे शेयर बढेकाे छ । आज अन्य र जलविद्युत् समूहको शेयर २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

आज मकर जितुमाया, प्योर इनर्जी, दोल्ती पावर, विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर भने झन्डै साढे ७ प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ९ अर्ब १३ करोडको कारोबार भएकोमा आज ३ सय २४ वटा कम्पनीका १ करोड ७५ लाख कित्ता शेयर ८ अर्ब ६८ करोड रुपैयाँमा किनबेच भएको छ ।