Saturday, May 04, 2024

२०८१ बैशाख २२, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

सप्तरीका १६ वटा पालिकामा प्रथम त्रैमासिक बजेट निकासा


सप्तरीका १६ वटा पालिकामा प्रथम त्रैमासिक बजेट निकासा

काठमाडौं । चालु आर्थिक वर्ष बितेको ६ महिना भइसक्यो। अब आर्थिक वर्ष सकिन आधा समय मात्र बाँकी रहेको छ। सप्तरीका १६ वटा पालिकामा प्रथम त्रैमासिक बजेट निकासा भएको छ। तर, दुई वटा पालिकाको बजेट अझै निकासा भएको छैन। नौ नगरपालिका र नौ गाउँपालिका गरेर १८ स्थानीय तह रहेको यो जिल्लामा असोज महिनासम्ममा १२ पालिकामा त्रैमासिक बजेट निकासा भएको थियो भने चार वटा पालिकामा कात्तिक महिनामा निकासा भएको छ।

स्थानीय सरकार सञ्चालन ऐनअनुसार आर्थिक वर्ष २०८०-०८१ को लागि गत असार १० गतेभित्र नगररगाउँ सभा गरिसक्नु पर्ने हो। हालसम्म गाउँ सभा नगरेको र बजेट माग नभएकोले रुपनी गाउँपालिका र विष्णुपुर गाउँपालिकामा बजेट निकासा नभएको कोष तथा लेखा नियन्त्रक कार्यालय सप्तरीले जनाएको छ।

निकासा भएको १४ वटा पालिकाहरूमा प्रथम त्रैमासिक बजेट कटौती भएको छ। आर्थिक वर्ष ०७९-०८० कोभन्दा यस आर्थिक वर्षमा ३८ करोड २२ लाख ९१ हजार ७२३ रुपियाँ ३७ पैसा प्रथम त्रैमासिक बजेटमा कटौती भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सप्तरीका प्रमुख कोष नियन्त्रक शरणहरि लुइँटेलले जानकारी दिए ।

गत वर्षको त्रैमासिक बजेटभन्दा यस वर्ष छिन्नजस्ता गाउँपालिका र डाक्नेश्वरी नगरपालिकामा बढी बजेट निकासा भएको छ। छिन्नमस्तामा दुई करोड ८१ लख ४७ हजार ४० रुपियाँ बढी हुँदा त्रैमासिकमा सात करोड ७३ लाख ४७ हजार निकासा भएको छ भने अघिल्लो वर्षको त्रैमासिकमा चार करोड ९१ लख ९९ हजार ९६० रुपियाँ निकासा भएको थियो।

डाक्नेश्वरी नगरपालिमा यस त्रैमासिकमा ११ करोड ७० लाख २१ हजार निकास भएको छ। यस त्रैमासिकमा पाँच करोड ४५ लाख १० हजार ३४२ रुपियाँ बढेको छ। अघिल्लो त्रैमासिकमा छ करोड २५ लाख १० हजार ६५८ निकासा भएको थियो।

नगरपालिकामध्ये सबभन्दा बढी बोदेबसाईनको बजेटमा कटौती भएको छ। पालिकामा पाँच करोड ४६ लाख ४६ हजार ६२८ रुपियाँ कटौती गरी आठ करोड ५४ लाख ७० हजार निकासा भएको छ भने अघिल्लो त्रैमासिकमा १४ करोड एक लाख १६ हजार ६२८ रुपियाँ निकासा भएको थियो।

सबैभन्दा कम खडक नगरपालिकामा कटौती गरेर १२ करोड ७६ लाख ५२ हजार निकासा हुँदा २७ लाख छ हजार ३१० रुपियाँ कटौती भएको छ। अघिल्लो त्रैमासिकमा १३ करोड तीन लाख ५८ हजार ३१० रुपियाँ निकासा भएको थियो। दोस्रोमा शम्भुनाथ नगरपालिकाको एक करोड १८ लाख २३ हजार ६२६ रुपियाँ कटौती भएको छ।

कञ्चनरुप नगरपालिकामा यस वर्ष नौ करोड ५१ लाख छ हजार निकासा भएको छ भने अघिल्लो वर्षको प्रथम त्रैमासिकमा १४ करोड नौ लाख ८४ हजार ६२९ रुपियाँ निकास भएको थियो। यसत्रैमासिकमा चार करोड ५८ लाख ७८ हजार ६२९ रुपियाँ कटौती भएको छ।