काठमाडौं । आगामी आर्थिक वर्षमा मधेस प्रदेश सरकारको लागि नीति तथा कार्यक्रम ल्याएको छ । सरकारको तर्फबाट आज प्रदेश प्रमुख हरिशंकर मिश्रले आव २०८०, ०८१ का लागि नीति, कार्यक्रम प्रस्तुत गरेका छन् । आव २०८०/०८१ का लागि नीति, कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।
मधेश प्रदेशको नीति तथा कार्यक्रममा अघिल्लो सरकारका पालामा विवादित भएको अभियानलाई निरन्तरता दिइएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम मार्फत ‘बेटी पढाउ, बेटी बचाउ’, ‘मुख्यमन्त्री स्वच्छता अभियान’ छोरी बीमा, छात्रवृत्ति, लोकसेवा आयोग तयारी कक्षा, साइकल बितरण कार्यक्रम लगायत कार्यक्रमलाई निरन्तरता दिइने भएको हो ।
सो कार्यक्रमलाई लिएर अघिल्लो सरकार विवादित बनेको थियो । संसदीय विकास कोषलाई निरन्तरता दिएको छ । प्रदेश मन्त्रालय अन्र्तगत रहेका निर्देशनालय, विभाग, बोर्ड, समिति, आयोग र प्राधिकरणलाई गाभी पुनः संरचना वा खारेज गरी चालु खर्च न्युनिकरण गर्ने उल्लेख छ ।
पुंजीगत खर्च बढाउने, कृषिलाई प्राथमिकतामा राख्ने लगायत प्रविधिमैत्रि योजना अगाडी बढाउनेको उल्लेख छ । चुरे तथा तराई मधेशको खेतीयोग्य भुमिको संरक्षण तथा व्यवस्थापनको लागि चुरे उत्थानशिल योजना अगाडी बढाउने नीति लिइने उल्लेख छ । ‘मधेश प्रदेशको पर्यटन पुर्वाधार, आन्तरिक पर्यटनको आधार’ नारालाई सार्थक तुल्याउन प्राथमिकताको नीति लिइएको छ ।
मधेश प्रदेशका ६० वर्ष माथिका नागरिकलाई आ“खा, दा“त र कानको निःशुल्क जा“च गरिने व्यवस्था नीति कार्यक्रममा उल्लेख छ । बाल अस्पताल स्थापना, एक नागरिक एक विरुवा कार्यक्रम, वीरगञ्ज राजवीराज रेल सेवा विस्तार, एक वडा एक एग्रोभेट कार्यक्रम सञ्चालन गर्ने नीति मधेश सरकारले लिएको छ ।
पूर्णपाठ