Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपालको सानदार बलिङ, ओमानद्धारा १ सय ४५ रनमात्र मध्यम लक्ष्य


नेपालको सानदार बलिङ, ओमानद्धारा १ सय ४५ रनमात्र मध्यम लक्ष्य

काठमाडौं । नेपालले ओमानविरुद्ध ट्वान्टी—२० विश्वकप छनोट एसिया क्षेत्रमा खेल जित्न १ सय ४६ रनको लक्ष्य पाएको छ । नेपालले बिहीबारको टस जितेपछि ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभर खेली ९ विकेट गुमाई १ सय ४५ रनमात्र बनाउन सक्यो । नेपालले यस खेल जितेमा समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल खेल्ने छ । नेपाल र ओमान पहिलो दुई खेल जितेर समूह ‘ए’ बाट यसअघि नै सेमिफाइनल पुगिसकेका छन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा करण केसीले पहिलो ओभरमा कश्यप प्रजापतिलाई ८ रनमा विकेटकिपर आसिफ शेखबाट क्याच गराई नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए । अर्को एन्डबाट लगातार चार ओभर बलिङ गरेका सोमपाल कामीले अकिब इल्याजलाई २ र शोएब खानलाई शून्य रनमा बोल्ड गरेपछि नेपालले खेल पूर्ण नियन्त्रणमा लिएको थियो । ओपनर प्रतीक अठवालेले २४ रन बनाए । उनले १८ बल खेली २ चौका र १ छक्का प्रहार गरे ।

कप्तान जीशन मक्सुदले ओमानबाट सर्वाधिक ३२ रन बनाए । उनले २६ बल खेली १ चौका र ३ छक्का प्रहार गरे । सन्दीप लामिछानेले आयान खान र मेहरान खानलाई लगातार बलमा आउट गरे । आयानले २५ बल खेली २ चौकासहित १८ रन बनाए । नसिम खुशीले १४ बलमा २५ रन बनाएपछि ओमानको स्कोर हेर्नलायक बनेको थियो । उनले समान २ चौका र छक्का प्रहार गरे । सकिल अहमद १७ बलमा २२ रन बनाई अविजित रहे ।

उनले २ चौका र १ छक्का प्रहार गरे । नेपालबाट करण केसीले ३ विकेट लिए । उनले ४ ओभरमा ४३ रन खर्चे । सोमपालले ४ ओभरमा १६ र सन्दीपले ३० रन खर्चेर समान २र२ विकेट लिए । अविनाश बोहरा र गुल्शनले १–१ विकेट लिए । अविनाशले ४ ओभरमा १८ र गुल्शनले ३५ रन खर्चे ।