Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एनआरएनएले देशको विकासमा लगानी गर्नुपर्छः उपप्रधानमन्त्री खड्का


एनआरएनएले देशको विकासमा लगानी गर्नुपर्छः उपप्रधानमन्त्री खड्का

काठमाडौं, १४ असार । उपप्रधान तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्काले नेपाल सरकार गैर आवासीय नेपालीहरूसँग सहकार्य गर्दै देशको समृद्धिको लागि अघि बढ्न प्रतिबद्ध रहेको बताए छन् । खड्काले ओमानको राजधानी मस्कटमा बुधवार आयोजित ८ औँ मध्यपूर्व क्षेत्रीय सम्मेलनलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै सरकार र एनआरएनबिचमा अझ बढी विश्वास कायम गर्दै काम गर्नुपर्नेमा जोड दिए ।

उपप्रधानमन्त्री खड्काले एनआरएनले नेपालका लागि गरेको योगदानको प्रशंसा गर्दै देशका समस्या समाधानमा समेत गैर आवासीय नेपालीको मध्यपूर्व क्षेत्रीय सम्मेलन उपयोगी हुने आशा व्यक्त गरेका हुन । उपप्रधानमन्त्री खड्काले सम्मेलनले निर्दिष्ट गरेका विषयलाई नेपाल सरकारले सकारात्मक रूपमा लिएर कार्यान्वयन गर्ने बताए । उनले सरकारले एनआरएनका विषयलाई गम्भीरता पूर्वक लिँदै नीति तथा कार्यक्रम र बजेटमा पनि सम्बोधन गरिएको बताए ।

उनले संविधानले परिकल्पना गरे अनुसार नागरिकता ऐन आएको भन्दै छिट्टै नियमावलीको काम सक्ने गरी काम सुरु जानकारी समेत दिए । सरकार र सिङ्गो संसद् एनआरएनएको पक्षमा रहेको समेत उपप्रधानमन्त्री खड्काले प्रस्ट पारे । विदेशमा रहेका नेपालीहरूलाई मतदानको अधिकार दिलाउने सन्दर्भमा पनि सकारात्मक प्रगति भएको विचार व्यक्त गर्दै आवश्यक बजेट पनि सरकारले नै व्यहोर्ने जानकारी दिए ।

उपप्रधानमन्त्री खड्काले विदेशमा सिकेको ज्ञान, सीप र क्षमतालाई देशको हितमा लगाउन समेत गैर आवासीय नेपालीहरूलाई आग्रह गर्नुभयो । वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्धता बढाउन समेत आग्रह गरे । सम्मेलनमा मध्यपूर्वसहित युरोप, अमेरिका जापान लगायत विभिन्न मुलुकका करिब ५०० जना प्रतिनिधिको सहभागिता रहेको छ । मस्कट घोषणापत्र जारी गर्दै सम्मेलन शुक्रवार ३० जून, २०२३० सम्पन्न हुनेछ ।