Tuesday, November 26, 2024

२०८१ मंसिर ११, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एमडीएमएस लागुभएपछि ८ सय बढी आईफोन बन्द


एमडीएमएस लागुभएपछि ८ सय बढी आईफोन बन्द

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण रुपमा कार्यान्वयन गर्दै दर्ता नभएका फोन ब्लक गरेको छ । हिजो राति ९ बजेदेखि आईफोन १५ सिरिजका फोन ब्लक गर्दै एमडीएमएस लागु भएको हो ।यस अघि गत पुस १५ देखि नै एमडिएमएस लागु गर्न खोजिएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हस्तक्षेपका कारण सो प्रणाली लागु हुन सकेको थिएन ।

अब भने एमडिएमएसमा दर्ता नभएका फोन नचल्ने भएका छन । प्राधिकरणले एमडीएमएसमा दर्ता नभएका ८०४ ओटा आईफोन १५ सिरिजका फोनमा दूरसञ्चार सेवा बन्द गरेको छ । प्राधिकरणका सह प्रवक्ता अच्युतानन्द मिश्रले पहिलो चरणमा साढे आठ सय फोनमा नेटवर्क बन्द गरेको बताए । साढे आठ सय फोनमा दूरसञ्चार सेवा बन्द भएको छ । अब क्रमस आइफोन १४, १३ लगायतका सिरजका फोन पनि बन्द हुँदै जाने छन,’ उनले भने ।

यस्ता उच्च मूल्यका दर्ता नभएकामा मोबाइल चार हजार हाराहारी रहेको उनको भनाइछ । एमडिएमएमा दर्ता भएका फोनमा दूरसञ्चार सेवा अर्थात टेलिमक र एसेलको सिम नचले पनि वायेरलेस वाइफाई भने चल्ने छ । गत असोजसम्म सरकारले फोन दर्ता गर्ने समय दिए पनि प्रयोगकर्ताले राजस्व तिरेर फोन दर्ता गर्ने इच्छा नदेखाएपछि प्राधिकरण एक्सनमा गएको हो ।

अर्थमन्त्रालयले एक लाख रुपैयाँभन्दा बढी मूल्यका र आईफोनका लागि फोनसेट १० हजार रुपैयाँ राजस्व तोकेका छ । अन्य स्मार्टफोनका लागि प्रति फोन सेट तीन हजार रुपैयाँ भुक्तानी गरी एमडीएमएस प्रणालीमा दर्ता गर्न सकिने व्यवस्था गरेको छ । व्लक भएका मोबाइल प्रयोगकर्ताले राजश्व बुझाएर पुनः चलाउन पाउने प्राधिकरणले जनाएको छ ।