Tuesday, June 03, 2025

२०८२ जेष्ठ २१, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

उपत्यकामा चल्ने सार्वजनिक यातायातको भाडादर घट्यो, (सूचिसहित)


उपत्यकामा चल्ने सार्वजनिक यातायातको भाडादर घट्यो, (सूचिसहित)

काठमाडौं, श्रावण । काठमाडौं उपत्यका भित्रका मा चल्ने सार्वजनिक यातायातको भाडादर घटेको छ। वाग्मती प्रदेश सरकारको प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले बिहीबार सार्वजनिक सवारीसाधनको नयाँ भाडादर तोकेको छ। नयाँ भाडादरअनुसार काठमाडौं उपत्यकाभित्रका सार्वजनिक सवारीसाधनको भाडा एक रुपैयाँले घटेको छ ।

नयाँ भाडादर अनुसार सार्वजनिक बसमा शून्यदेखि पाँच किलोमिटरसम्म यात्रा गर्दा अब १८ रुपैयाँ भाडा तोकिएको छ। त्यसैगरी उपत्यकाभित्र १० किलोमिटर यात्रा गर्दा २४ रुपैयाँ, १५ किलोमिटरसम्म यात्रा गर्दा २९ रुपैयाँ तोकिएको छ।

त्यस्तै २०किलोमिटरसम्मको भाडा पहिला ३३ रुपैयाँ रहेकोमा अहिले ३२ रुपैयाँ कायम गरिएको मन्त्रालयले बताएको छ। साउन ११ गतेदेखि लागू हुने भाडादरमा २० किलोमिटरभन्दा लामो दूरीको भाडा ३७ रुपैयाँ तोकिएको छ।

भाडा ३७ रुपैयाँ तोकिएको छ ।