Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

अब देखि मालपोतको राजस्व संकलन वडा कार्यालयबाटै गर्ने


अब देखि मालपोतको राजस्व संकलन वडा कार्यालयबाटै गर्ने

काठमाडौं, रामपुर नगरपालिकाले अब देखि वडा कार्यालयबाटै मालपोतको राजस्व संकलन गर्ने भएको छ।मालपोत कार्यालयको राजस्व बुझाउन नगरपालिकाको कार्यालयमै धाउनुपर्दा नागरिकले निकै सास्ती खेप्नुपरेपछि वडा कार्यालयबाटै राजस्व संकलन गरिने नगरप्रमुख रमणबहादुर थापा बताएका छन्।

थोरै रकमका लागि मालपोतको राजस्व बुझाउन गाडी भाडा खर्चेर र धेरै समय लगाएर नगर कार्यपालिकाको कार्यालयमा आउनुपरेको छ, उनले भने, अब देखि नगरपालिकाबाट लिँदै आएको मालपोतको राजस्व सबै वडा कार्यालयबाट लिइनेछ। एक सय पनि मालपोतको राजस्व बुझाउनु नपर्ने नगरको केन्द्रदेखि टाढाका वडाका नागरिक एक दिनको समय बिताएर गाडी भाडा खर्चेर नगरपालिका पुग्नुपर्ने काम वडाबाटै हुने भएपछि धेरै सजिलो हुने रामपुर– २ बस्ने सीता जिसी बताइन्। वडाबाट हुने विभिन्न सिफारिस र घटना दर्ताको मात्रै राजस्व संकलन गरिरहेको वडा कार्यालयले अब मालपोतको राजस्व पनि संकलन गर्ने भएको हो।