काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विदेश जानेलाई रोक्न नसक्ने बताएका छन् । नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघले आयोजना गरेको नीतिगत छलफल कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
‘पछिल्लो ठूलो संख्यामा युवाहरु विदेशिएका छन्, उनीहरुसँग सीप नहुँदा अपेक्षा अनुसारको आम्दानी भइरहेको छैन, सरकारले पनि तालिम दिइरहेको छ,’ कार्यक्रममा बोल्दै उनले भने– ‘विदेशमा अवसर र आम्दानी छ, हामी स्वतन्त्र देश हो विदेश जानेलाई रोक्न सक्दैनौं ।’
देशको अहिलेको कमि कमजोरी र समस्या पहिचान गर्नुपर्ने बताउँदै उनले देशमै रोजगारी सिर्जनाको लागि काम गर्नको लागि निजी क्षेत्रलाई टाइअप गर्नुपर्ने धारणा व्यक्त गरे ।
त्यस्तै, रोजगारमूलक तालिमलाई महासंघ मार्फत् वृद्धि गर्नुपर्ने उनको भनाई छ।