Tuesday, July 29, 2025

२०८२ श्रावण १४, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

३० करोड रकम माग राखी दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ

गर्ने राख्दै


३० करोड रकम माग राखी दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ

२६ असार, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को टोलीले पक्राउ गरेका छन् ।
खोटाङ राहबेसी गाउँपालिका–१ का ४० वर्षीय रमेशकुमार गुरुङलाई मंगलबार सीआईबीले महाराजगन्जबाट पक्राउ गरेको हो ।

गुरुङलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत महाराजगंज पठाइएको सीआईबीका प्रवक्ता तथा सूचना अधिकारी एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।
तामाङले असार १३ गतेदेखि व्यवसायी प्रसाईंलाई आफू प्रवेश लामा भनेर फोन गरी ३० करोड रुपैयाँ फिरौती मागेको बताउँदै प्रसाईंको हत्याको योजना समेत बनिसकेको र त्यसबाट बच्नका ३० करोड चाहिन्छ भनेर उनले फोन गरेको सीआईबीले जनाएको छ ।

घटनाबारे जानकारी दिँदै सीआईबीले विज्ञप्तिमा भनेको छ, ‘मिति२०८०।०३।१३ गते अ.१८ः१२ बजे देखी मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईलाई प्रवेश लामाको नामबाट फोन गरी हत्या गर्नको लागी योजना बनि सकेको, यदि सुरक्षित हुन चाहनु हुन्छ भने रकम दिनु पर्ने हुन्छ, डिमान्डको रकम उपलव्ध गर्नु भयो भने तपाईंको जीवन बच्न सक्छ, तपाईंको नाम २ नं.मा रहेको छ भन्दै अपहरण गरी हत्या गरी दिन्छु भनी फोन तथा पटक पटक एसएमएससमेत गरी रु.३०करोड रकम माग गरी फिरौती लिन आएको अवस्थामा मिति २०८०।०३।२६ गते रमेश कुमार गुरुङलाई पक्राउ गरी आवश्यक अनुसन्धान कारवाहीको लागी प्रहरी वृत महाराजगंज पठाईएको व्यहोरा सुचित गरिन्छ ।’