Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

तीन विकास बैंक र एक फाइनान्स राष्ट्र बैंकको कारबाहीमा


तीन विकास बैंक र एक फाइनान्स राष्ट्र बैंकको कारबाहीमा

काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो त्रैमासमा तीन वटा विकास बैंक र एउटा फाइनान्स कम्पनी नेपाल राष्ट्र बैंकको कारबाहीमा परेका छन् । नियमविपरीत काम गरेको भन्दै राष्ट्र बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागले ती संस्थालाई कारबाही गरेको हो ।

राष्ट्र बैंकको कारबाहीमा पर्ने वित्तीय संस्थाहरुमा एक्सेल डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र रिलायन्स फाइनान्स कम्पनी छन् ।

तीमध्ये तीनवटा विकास बैंकमा सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ भने रिलायन्स फाइनान्सको प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठलाई नसिहत दिइएको राष्ट्र बैंकले जनाएको छ ।