Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कृषिमा प्रविधिको उपयोगले मात्रै उन्नति गर्न सकिन्छः मन्त्री भुसाल


कृषिमा प्रविधिको उपयोगले मात्रै उन्नति गर्न सकिन्छः मन्त्री भुसाल

काठमाडौँ — कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले आधुनिक प्रविधिको उपयोगले कृषि क्षेत्रलाई प्रगतिपथमा अघि बढाउन सकिने बताएका छन् । उनले कृषि प्रविधिको विकास र विस्तारका लागि सरकारले विभिन्न योजना अघि सारेको समेत दाबी गरे ।

शुक्रबारबाट काठमाडौंमा सुरु भएको बृहत् अन्तर्राष्ट्रिय नेपाल एग्रिटेक मेलाको उद्घाटन गर्दै मन्त्री भुसालले कृषिबाट लाभ लिन उत्पादकत्व बढाउनुपर्ने र लागत खर्च घटाउनुपर्ने आवश्यकता रहेको बताए । प्रविधिको विकास बढिरहेको छ । त्यसैअनुसार कृषिमा पनि प्रविधि र यान्त्रिकीकरणको महत्व बढेर गएको छ, मन्त्री भुसालले भने ।


उनले अब प्रविधिको प्रयोग बिनै खेती गरेर धेरै लाभ लिन नसकिने बताए । अब कृषिमा प्रगति हुने नै प्रविधिको विकासमार्फत् हो । हामीले ढुंगे युगदेखि अहिलेसम्म जे उपकरणहरु प्रयोग गर्‍यौँ, उनले भने, त्यो हाम्रो इतिहास हो । अब अहिलेको प्रविधि सुहाउँदो कृषि प्रणाली अपनाउनुको विकल्प छैन । उनले लागत खर्च घटाउने र कसरी उत्पादन बढाउने भन्नेबारे ध्यान दिनुपर्ने बेला रहेको बताए ।

आइतबारसम्म सञ्चालन हुने मेलामा कृषिका विभिन्न विधाहरु कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैँसी पालन, डेरी लगायत कृषिका नवीनतम औजार, उपकरण, केरा खेती, थोपा सिंचाइ, विषादी रहित कृषि आदिका बारेमा जानकारी प्राप्त गर्न सकिने आयोजकले जनाएको छ ।