Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मोबिल्याण्डद्वारा मच्छेगाउँमा आजबाट दर्शन बायो टेक नर्सरी सञ्चालन


मोबिल्याण्डद्वारा मच्छेगाउँमा आजबाट दर्शन बायो टेक नर्सरी सञ्चालन

१ साउन, काठमाडौं । मोविल्याण्ड ग्रुप अफ कम्पनीले चन्द्रागिरि नगरपालिका ९ स्थित मच्छेगाउँमा दर्शन बायो टेक नर्सरी सञ्चालनमा ल्याएको छ ।
नेपालमै विभिन्न प्रजातिका बोट–विरुवा उत्पादन गर्दै आइरहेको दर्शन बायो टेक नर्सरीले आज एक औपचारिक कार्यक्रम गरी आफ्नो सेवा मच्छेगाउँबाट पुनः सुरु गरेको हो ।

सो औपचारिक कार्यक्रमको आयोजना गर्दै ग्रुपका अध्यक्ष दिनेस दर्शनधारीले नर्सरी नेपालकै नमुना हुने बताए । उनले विदेशबाट महंगोमा आयत गर्ने परम्पराको अन्त्य गर्न नेपालमै बिरुवा उत्पादन तथा वितरणको सुरुवात गरिएको बताए । मुख्यगरि बारा र मोरङमा विरुवा उत्पादन गर्दै आएको सो समुहले काठमाडौंको चन्द्रागिरीमा उत्पादन र विक्रिकेन्द्र दुबै सञ्चालनमा ल्याएको हो ।
नर्सरीमा घर, कार्यालय तथा विजनेस हाउसहरुको सजावटकालागि उपयुक्त सबैजसो प्लान्टहरु उपलव्ध हुने नर्सरीका निर्देशक आर. डि दर्शनधारीले बताए ।
यहाँको बोट–विरुवाको गुणस्तरलाई मात्र नभई राम्रो सेवासुविधा, डेलिभरी र सेटअप गरिदिने प्रक्रियालाई हेरेर पनि ग्राहकहरु बढिरहेको पाईएको नर्सरीका निर्देशक दर्शनधारीको भनाई छ ।

नेपालमै उत्पादन हुने भएकाले अन्यभन्दा थोरै मुल्यमा विरुवा घरमै उपलव्ध हुने व्यवस्था पनि गरिएको छ । त्यस्तै, आवश्यक दक्ष प्राविधिकहरुको व्यवस्था भएकाले नर्सरीबाट उत्पादित विरुवा खरिद गर्ने घर, कार्यालय, विजनेस हाउसहरुमा प्राविधिक सहयोग रहने प्रा.लिले जनाएको छ ।