Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चन्द्रागिरी हिल्सको लकिङ पिरियड भोलि सकिदै


चन्द्रागिरी हिल्सको लकिङ पिरियड भोलि सकिदै

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार कक्षमा सूचीकृत होटल समूहको चन्द्रागिरी हिल्सको लकिङ पिरियड सोमबार सकिदै छ। कम्पनीले जारी गरेको सूचना अनुसार माघ ८ गते लकिङ पिरियड सकिन लागेको हो।

दोस्रो बजारमा कम्पनीको १५ करोड ३४ लाख ९१० कित्ता शेयर सूचीकृत छन्। यस अघि कुल शेयरको १२ प्रतिशत हुन आउने १८ लाख ४० हजार ९०९ कित्ता मात्रै शेयर किनबेच हुँदै आएका थिए। तर सोमबारबाट भने कम्पनीको सबै शेयर सर्वसाधारणमा परिणत हुने छ। जसले गर्दा सबै संस्थापकको शेयर साधारण शेयरमा परिणत हुने छ।

लकिङ पिरियड सकिएपछि कम्पनीको शेयर घट्ने गरेको छ। यस अघि पनि लकिङ पिरियड सकिएका कम्पनीको शेयर सर्किट लागेर घटेका उदाहरण छन्।

जसले गर्दा सोमबारबाट कम्पनीको शेयर घट्ने अनुमान गरिएको छ । सर्वसाधारणले कम्पनीको प्रति कित्ता मूल्य ३० प्रतिशतसम्म घट्ने अनुमान गरेका छन्। तर होटल समूहमा राम्रो गर्दै गएको र लामो समयसम्म आफ्नो मूल्य कायम गर्न सफल भएकोले सर्वसाधारणले सोचे जति नघट्ने अर्का थरीको अनुमान लगाएका छन्।

कम्पनीको आइतबार प्रति कित्ता मूल्य ९०५ रुपैयाँ कायम भएको छ। त्यहि मूल्यको आधारमा सोमबार कारोबार सुरु हुने छ। शेयर मूल्य घट्ने वा बढ्ने बजारले निर्धारण गर्ने भएकोले सोमबार नै कति घट्ने बढ्ने निक्यौल हुने छ।