काठमाडौं, सेयर बजारको परिसूचक नेप्से १३.१८ अंक बढेको छ। सो अंकको वृद्धिपछि नेप्से १८६४ अंकमा अडिएको छ। दिन भर कुल १ अर्ब रुपैयाँको कारोबार भयो। १७३ कम्पनीको मूल्य बढ्दा ५७ को घट्यो भने ७ को स्थिर रहृयो।
१३ अंक बढ्यो। सेयर बजार जसमध्ये बैंकिङ १३, विकास बैंक ९, फाइनान्स २१, जलविद्युत् १५, जीवन बीमा ८८, उत्पादन १०, माइक्रोफाइनान्स २८ र अन्य उपसमूह ११ अंक बढे।
त्यस्तै ब्यापार ३४, निर्जीवन बीमा ५१ र होटल तथा पर्यटन उपसमूह १३ अंक घटे। स्वेतगंगा हाइड्रोको मूल्य सबैभन्दा धेरै ६.९ प्रतिशत बढ्यो भने हाथवे इन्भेस्टमेन्टको मूल्य ८.५ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा हाथवे इन्भेस्टमेन्ट, सानिमा जनरल इन्स्योरेन्स, एनआईसी एसिया बैंक, नबिल बैंक र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स क्रमशः अगाडि रहेका छन् ।