Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कीर्तिपुर नगरपालिकामा मंगलबार सार्वजनिक बिदा


कीर्तिपुर नगरपालिकामा मंगलबार सार्वजनिक बिदा
 
काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाले मंगलबार सार्वजनिक बिदा दिएको छ।

आइतबार प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले सूचना जारी गर्दै मंगलबार बिदा दिइएको जानकारी दिएका हुन्।

नगर कार्यपालिकाको आइतबार बसेको बैठकले त्यसदिन सातगाउँले जात्रा परेकाले बिदा दिने निर्णय गरेको हो।

‘मंसिर २५ गते मंगलबार स्थानीय परम्परागत सातगाउँले (न्हेगाँ) जात्राको अवसरमा कीर्तिपुर नगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिने कीर्तिपुर नगरपालिका नगर कार्यापालिकाबाट आइतबारको लागि यो सूचना प्रकाशित गरिएको छ।