काठमाडौं,२२ असार । काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहको निर्देशनमा पर्यटकीय स्थल बसन्तपुर क्षेत्रमा सवारीसधान र पार्किङमा रोक लगाएसंगै अहिले सो क्षेत्र वास्तविक पर्यटकीय गन्तव्य जस्तो बनेको छ ।
सवारी साधानको आगमनले निकै अस्तव्यक्त हुने सो क्षेत्र अहिले शान्त र बस्न, घुम्न लाएक क्षेत्र बनेको छ । अहिले नेपाल प्रहरी, ट्राफिक प्रहरीको सहयोगमा महानगर प्रहरीले उक्त क्षेत्रमा पार्किङ गर्न नपाइने बनाएको छ । भने, आवागन पनि रोकेको छ । अहिले सो क्षेत्रमा पर्यटकको आगमन पनि बढेको छ । कतिले बिहानको समयमा त्यस क्षेत्रलाई पेरिस र अन्य पर्यटकीय शहरका रुपमा ब्याख्या गर्ने गरेका छन् ।
प्रमुख शाहले काठमाडौ मुख्यरुपमा प्राचिन र ऐतिहासिक कालीगढीको उदाहरण दिएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, काठमाडौको पहिचान भनेकै यहाँका सम्पदाहरु हुन् । विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग व्यवसायीकता अंगाल्न सक्ने भनेकै यीनै सम्पदा र यीनको प्राचीन मौलिकता पनि हुन् ।
यहि हेर्न, अनुभव गर्न र रमाउन लाखौँ पर्यटकहरु आउन सक्छन् । वसन्तपुर हनुमानढोका यसमध्येकै एक हो, जहाँ दिनमा हजारौँ पर्यटकहरु आउने र लाखौँ आउन सक्ने सम्भावना छ । यीनीहरुको मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक छ । यसैले हनुमानढोका परिसर भित्र सवारी साधनहरुलाई निषेध गरिएको छ ।
Photo By Social Media